उपनिर्वाचन प्रचारप्रसारमा हेलिकप्टर प्रयोग गर्न नपाइने

काठमाडौँ । उपनिर्वाचनमा हेलिकोप्टरको प्रयोग गर्न रोक लगाइएको छ । यही वैशाख १० गते हुने उपनिर्वाचनमा उम्मेदवारले हेलिकोप्टरको प्रयोग गर्न नपाउने भएका हुन् । निर्वाचन आयोगले विज्ञप्ति जारी गरेर यस्तो घोषणा गरेको हो ।

विज्ञप्तिमा उपनिर्वाचन हुने बारा, चितवन र तनहुँमा निर्वाचन आचारसंहिता बमोजिम प्रचारप्रसार गर्ने अवधि पर्याप्त रहेको साथै यातायातको सहज पहुँच समेत रहेकाले हेलिकोप्टर प्रयोग गरेर प्रचारप्रसार गर्न नपाइने जनाएको ‍हो ।

आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले यातायातको सहज पहुँच रहेका स्थानमा राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारका लागि हेलिकोप्टर प्रयोग गर्नु मितव्ययिताको सिद्धान्त समेतको प्रतिकूल हुन जाने बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री