काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापालाई थप उपचारका लागि ललितपुरको मेडिसिटी अस्पतालमा ल्याइएको छ ।
सभापति लामिछानेले उनको स्वास्थ्य अवस्था अझै स्थिर र सुधारोन्मुख रहेकोले थप उपचारका लागि हेलिकाेप्टरबाट मेडिसिटी अस्पताल ल्याइएको जानकारी दिएका छन् । अढाइतले घरको छतबाट खसेर गम्भीर घाइते भएका उनको ३६ घण्टासम्म सघन कक्षमा उपचार गरिएको उनका आफन्तको सल्लाहमा हेलिकोप्टरबाट थप उपचारका लागि मेडिसिटी आस्पताल पठाइएको रविले जानकारी दिएका छन् ।
उनले थापालाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय भाइ, हामी दुवैलाई हार्ने छुट छैन। यस्तो पीडामा पनि राजनीतिको रोटी सेक्नेहरु एक एकलाई चिनाउनु छ, छिटो ठिक भएर फर्क’, उनले भनेका छन्।
तपाईंको प्रतिकृया




