नेपाललाई मलेसियाले दियो २३६ रनको लक्ष्य

काठमाडौँ । एसिसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई जितका लागि २ सय ३६ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २३५ रन बनायो ।

मलेसियाका लागि कप्तान अहमद फैजले ९५ बलमा ८ चौका र १ छक्कासहित ७६ रन बनाए । मलेसियालाई ओपनर मोहम्मद आमिर र विरनदीप सिंहले ५.५ ओभरमा २२ रनको साझेदारी गरेका थिए ।

त्यस्तै दोस्रो विकेटका लागि अहमद फैज र विरनदीप सिंहले १ सय १६ रनको साझेदारी गरेका थिए । स्पिनर सन्दीप लामिछानेले ३४ औं ओभरको दोस्रो बलमा विकेटकिपर आसिफ शेखबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए ।

खिजर हायतले २५ बलमा १ चौका र १ छक्कासहित २२ रन बनाए । सैयद अजिज १३ रन जोडे । विजय उन्नीले १२ रन बनाए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री