कोभिड-१९ का कारण थप १ जनाको मृत्यु, थपिए १०४ संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार २३ जना पुगेको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर गरिएको १६३२ नमूना परिक्षणमा १०४ जनामा कोरोना पुष्टी भएको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा ६० जना कोरोनामुक्त भएका छन् । अहिलेको अवस्थामा नेपालमा ३७९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

May be an image of map

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री