नबिल बैंकका सिइओ ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुङ्गाना ‘प्रबल जनसेवा श्री’ पदकबाट सम्मानित भएका छन् । ढुंगनालाई संविधान दिवसको अवसरमा घोषणा गरिएको पदक नयाँ वर्षमा वितरण गरिएको हो ।

राष्ट्रिय जीवनका कुनै पनि क्षेत्रमा प्रशंसनीय काम गर्ने नेपाली नागरिक वा नेपालको हितमा विशेष योगदान पुर्‍याउने विदेशी नागरिकलाई यो विभूषण दिइने व्यवस्था छ  । ढुंगाना लामो समयदेखि बैंकिङ क्षेत्रमा गरेको योगदानको कदर गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवा श्री’ सम्मान गरेका हुन् ।

बैकिङ क्षेत्रमा साढे दुई दशक लामो अनुभव सँगालेका ढुंगाना नेपाल बंगलादेश बैंकमा १० वर्ष सिइओ भएका थिए । त्यसअघि उनी नेपाल क्रेडिट एण्ड कमर्स बैंकका महाप्रबन्धक थिए । राष्ट्र बैंकको निर्देशक पद छाडेर ढुंगाना निजी बैंकमा काम गर्न आएका थिए ।

भारतको चार्टर्ड एकाउन्टेन्सी गरेका उनले अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

केयू स्कुल अफ म्यानेजमेन्ट र एसीडीएनबीच तालिम र परामर्श सेवाको साझेदारी

काठमाडौं । काठमाण्डु युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र एसीडीएनबीच नेपालमा विज्ञता विकाश, अनुसन्धान तथा …

प्रतिकृया दिनुहॊस