मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेलस् एण्ड रिसोर्टमा विशेष छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले ल्याण्डमार्क होटल एण्ड रिसोर्ट प्रालिको सेवामा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकको भिसा डेविट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई होटल एण्ड रिसोर्टले दिने विभिन्न सेवाहरुमा उक्त छुट प्रदान गर्ने गरी सम्झौता भएको जनाइएको छ ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले ल्याण्डमार्क होटल एण्ड रिसोर्ट प्रालि अन्तर्गतका विभिन्न स्थानहरु (काठमाडौं, पोखरा, चितवन) मा रहेका आफ्नो होटलहरुमा ऐकोमोडेसन, फुड एण्ड बेभरेजमा विशेष १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना ल्याएको छ । यस यैजना अन्तर्गत २ करोड रुपैयाँसम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण/खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, सेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जाहरु सम्पूर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ दिन भित्र कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा रहेको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध …

प्रतिकृया दिनुहॊस