एमाले सांसद पन्तले संसदमा सुनाए ‘प्रधानमन्त्री हराएको’ सूचना

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद बैठकमा अनुपस्थित भएको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा सांसद रघुजी पन्तले व्यङग्य गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री दाहाल बैठकमा अनुपस्थित भएको विषयलाई व्यक्ति हराएको सूचनाको शैलीमा प्रस्तुत गरेका हुन् ।

  • एमाले नेता पन्तको सूचना उनकै शब्दमा

नागरिकताको नाम- श्री पुष्पकमल दाहाल ।
चलनचल्तीको नाम- प्रचण्ड ।
स्थायी ठेगाना- फेरिई राख्ने ।
अस्थायी ठेगाना- कहिले खुमलटार, कहिले बालुवाटार ।
हुलिया- पहिले-पहिले कोट पाईन्ट लगाउने गरेको भए पनि हाल दौरासुरुवाल र टोपी पनि लगाउने ।
उमेर- ६५ नाघेको, ७० नपुगेको जस्तो देखिने ।
उहाँ केही दिनअघि प्रतिनिधि सभा बैठकमा झुलुक्क देखिएर, संसद्मा आउनै छोडेकोले उहाँलाई फेला पार्नु हुने महानुभावले संसद् भवन नयाँ बानेश्वरमा बुझाई दिनुहोला ।
अन्तिम पटक देखिएको स्थान- बालुवाटारको छेउछाउ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री