काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आफ्नो स्वास्थ्यमा क्रमिक सुधारभइरहेको बताएका छन् । नयाँ वर्ष २०८० का अवसरमा शुभकामना दिन भिडिओ सन्देश जारी गर्दै उनले यस्तो जानकारी गराएका हुन् ।
उनले आफू उपचाररत अस्पताल भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरबाट उक्त भिडिओ सन्देश जारी गरेका हुन् । सांसद भण्डारीले भिडिओ सन्देशमा भनेका छन्, ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरूसँग म सहभागी हुन सकिरहेको छैन। हजुरहरूको माया, सद्भाव, प्रेम र प्रार्थनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ।’
आफू छिट्टै नेपाल फर्किने पनि उनले बताएका छन् । ‘छिट्टै नै म तपाईंहरूसँग उपस्थित भएर, त्यहीँ नै मेरो स्वास्थ्य उपचार गर्नेछु,’ उनले भनेका छन्, ‘नयाँ वर्षका अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दछु।
आफ्नो निवासमा खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीमा परी ३ फागुनमा गम्भीर घाइते भएका थिए । घटनामा उनकी आमा हरिकला भण्डारीको निधन भएको थियो । सुरुमा कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको उनलाई थप उपचारका लागि ४ फागुनमा एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो ।
भिडिओ :-




