दराज र प्रभु बैंकबीच ग्राहकलाई सामान खरिदमा छुट दिने सम्झौता

काठमाडौं । प्रभु बैंक र दराज केमु प्रालिबीच ग्राहकलाई सामान खरिदमा छुट दिने सम्झौता भएको छ। बैंकले भिसा कार्डवाहक ग्राहकलाई नयाँ वर्ष २०८० को छुट उपलब्ध गराउन दराज नेपालसँग सम्झौता गरेको हो।

यो सम्झौता चैत २८ देखि नै लागू भइसकेको छ। सम्झौतामा बैंककी प्रमुख सञ्चालन अधिकृत रश्मी पन्त र दराज नेपालका भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका छन्।

यसअनुसार अप्रिल ११ देखि १४ सम्म डेबिट कार्डमार्फत प्रिपेमेन्टमा ८ प्रतिशत वा अधिकतम ७५० रुपैयाँबराबरको छुट, क्रेडिट कार्डमार्फत १० प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्मको छुट पाउन सकिनेछ।

त्यस्तै ग्राहकले अप्रिल १५ देखि २० सम्म २० प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्म छुट पाउन सकिने जनाइएको छ। उक्त अफर र छुट पाउन दराज प्रयोगकर्ताले आफ्नो बैंक कार्ड सक्रिय गर्नुपर्ने कम्पनीले जनाएको छ।

दराजले सूचीकृत गरेको स्वास्थ्य, सौन्दर्य र पहिरनका सामानको खरिदमा ग्राहकले २० प्रतिशत वा अधिकतम २ सय रुपैयाँसम्म छुट पाउन सक्नेछन्। प्रिपेमेन्ट छुट सीमित अवधिको लागि मात्र हुने कम्पनीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भिभोको भिभो भी-४० लाईट सार्वजनिक

काठमाडौं । भिभोले नयाँ स्मार्टफोन भिभो भी-४० लाईट सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो …

प्रतिकृया दिनुहॊस