ब्याजदर घट्ने निर्णयसँगै शेयर बजार ९२ अंकले बढेर हरियाली

काठमाडौं । शेयर बजार उच्च अंकले बढेर हरियो भएको छ । ब्याजदर घटाउने बैंकर्स सङ्घको निर्णय र आर्थिक क्षेत्र सुधारका लागि सरकारको सक्रियताका कारण शेयर बजार उच्च अङ्कले उकालो लागेको हो ।

नेप्से बुधबार ९२ दशमलव २२ अङ्कले बढेर एक हजार नौ सय ६३ दशमलव ५५ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा जलविद्युत्, होटल, माइक्रोफाइनान्स र उत्पादन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

बजारसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । दुई सय ६७ वटा कम्पनीका ६१ लाख सात हजार कित्ता शेयर एक अर्ब ९७ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर ११ करोड ७१ लाख रुपैयाँमा कारोबार भयो ।

आदर्श लघुवित्त, गणपति लघुवित्त, खप्तड लघुवित्त र कालिञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । यस्तै १० वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरेले उकालो लागेको छ । कारोबार भएका सबै कम्पनीको शेयर बढेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भिभोको भिभो भी-४० लाईट सार्वजनिक

काठमाडौं । भिभोले नयाँ स्मार्टफोन भिभो भी-४० लाईट सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो …

प्रतिकृया दिनुहॊस