‘कोर टिम’बारे मुख खोलिदिने ढाकाकुमारको धम्कीले संकटमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा. ढाकाकुमार श्रेष्ठबारे निर्णय गर्ने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठबारे आज निर्णय गर्ने भएको हो ।

अडियो टेपको छानबिन गर्न गठित पार्टीको अनुशासन तथा आचरण समितिले मंगलबार उनको बयान लिएको थियो । बयानपछि समितिले मंगलबार नै पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको छ । समिति सदस्यसमेत रहेका अधिवक्ता यज्ञमणि न्यौपानेकाअनुसार चार पृष्ठको प्रतिवेदन पार्टी सभापतिलाई बुझाइएको हो ।

बयानका क्रममा बयानका क्रममा सांसद श्रेष्ठले आफूलाई फसाउन षड्यन्त्र भएको र यस्तो बेला पार्टीले सहानुभूति राख्नुपर्ने जिकिर गरेको बताइएको छ । ‘प्रतिवेदन बुझाएका छौँ । उहाँ (श्रेष्ठ)ले त होइन मेरो आवाज होइन, यो सबै क्यारिकेचर हो, यसमा विस्तृत अनुसन्धान होस् अनि कारबाही सजाय गरिपाऊँ भन्नुभएको थियो,’ सदस्य न्यौपानेले भने, ‘तर, भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा उभिएको पार्टीको मूल मान्यताअनुसार सुझाव दिएका छौँ ।’

स्रोतकाअनुसार सांसद श्रेष्ठले पार्टीले आफूलाई मात्र कडा कारबाही गरे ‘कोर टिम’ खुलासा गर्ने चेतावनी दिएका छन् । ‘मलाई फसाउन खोजिएको हो, यस्तो बेला पार्टीले सहानुभूति नराख्ने हो भने कोर टिमबारे सार्वजनिक रूपमा बोल्न बाध्य हुनेछु,’ उनले चेतावनी दिँदै भनेका थिए । रास्वपाले समितिले बुझाएको प्रतिवेदन र थप कदमका विषयमा छलफल गर्न २ बजेपछि बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ । अडिओ उनको भए/नभएको र कारबाहीबारे आजको बैठकबाट निर्णय गरिने बताइएको छ ।

धम्कीले रवि धर्मसंकटमा
अडियो सार्वजनिक भएको दिन बारा-२ का पार्टीका उम्मेदवार रमेश खरेलको चुनावी सभालाई सम्बोधन गर्दै रास्वपाका सभापति रवि लामिछानेले ७२ घण्टाभित्र सत्यतथ्य पत्ता लगाएर गल्ती गरेको भेटिए कारबाही गर्ने वचनबद्धता जनाएका थिए । यसमा अझै विश्वस्त गर्दै उनले भनेका थिए- ‘७२ घण्टाभित्र कारबाही गर्न सकिनँ भने यही गढीमाईमा मलाई बलि दिनू ।’

लामिछानेले दिएको उक्त समयसीमा आज सकिँदैछ । अनुशासन तथा आचरण समितिले प्रतिवेदन दिइसकेको र आफ्नो ७२ घण्टाभित्र यसबारे निधो गर्ने प्रतिबद्धताले पनि आज यसबारे निर्णय लिनैपर्ने दबाबमा लामिछाने छन् । तर यसबारे निर्णय लिन लामिछानेलाई फलामको च्युरा चपाउनुसरह कठिन हुने देखिँदैछ । समितिले प्रतिवेदनमा दिएको सुझाव तथा राय जस्ताको तस्तै कार्यान्वयन गर्न तथा त्यसमा थपघट गरेर कारबाही गर्ने अख्तियारी पार्टी सभापति रवि लामिछानेलाई दिएको छ ।

ढाकारामले गल्ती गरेको पुष्टि भएको खण्डमा उनीमाथि कारबाही गर्ने मनस्थितिमा रवि लामिछाने छन् । तर ढाकारामले समितिसमक्ष वयान दिने क्रममा दिएको एउटा धम्कीले रवि मात्रै झस्किएका छैनन्, सिंगो पार्टी नै तरंगित बनेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन …

प्रतिकृया दिनुहॊस