आईएमई पेबाट अब आईएमई लाइफको बीमा पोलिसी नवीकरण गर्न सकिने

काठमाडौं । आईएमई ग्रुपअन्तर्गत आईएमई डिजिटल सोलुसन लिमिटेडको आईएमई पेले प्रदान गर्ने बीमा सेवा भुक्तानीअन्तर्गत अब सेवाग्राहीहरुले सजिलै आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी नवीकरण गर्न सकिने भएको छ।

सेवाग्राहीहरुले आईएमई पे एप डाउनलोड गरी आईएमई पे एपमार्फत ‘इन्स्योरेन्स’ को ‘पे प्रिमियम’मा गई ‘आइएमर्ई लाइफ नवीकरण’ क्लिक गरी मागिएको विवरण प्रदान गरी केही सेकेन्डमै आफ्नो पोलिसी नवीकरण गर्न सक्नेछन्।

उक्त सेवा ग्राहकहरुलाई भौतिक रुपमा बीमा कार्यालय जान नपर्ने र समयमै बीमा नवीकरण गर्न प्रोत्साहान गर्ने उद्देश्यका साथ उपलब्ध गरिएको कम्पनीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सको पुनर्जागरण अभियान सुरु

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट …

प्रतिकृया दिनुहॊस