काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग रकम मागेको अडियो बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित भएका छन् ।
मन्त्री बन्ने भए साढे दुई करोड बुझाउन पार्टी सभापति रवि लामिछानेले भनेको भन्दै सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँगको कुराकानीमा सुनिन्छ । अडिओ बाहिरिएपछि रास्वपाले सांसद श्रेष्ठलाई निलम्बन गरेको हो ।
रास्वपाका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले श्रेष्ठलाई कारबाही गरिएको पुष्टि गरे । ‘अडियो बाहिरिएको विषयमा निलम्बन गर्न छानबिन समिति बनाइएको छ’, बुर्लाकोटीले भने, ‘उहाँको निलम्बन भइसक्यो ।’ उनी समानुपातिक सांसद हुन्
तपाईंको प्रतिकृया




