नेपाली सेनाकाे सर्भर ह्याक गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौँ । नेपाली सेनाको सर्भरमा अनाधिकृत पहुँच पुर्‍याउने उद्देश्यले साइबर हमला भएको खुलेको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले हमलामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

ब्यूरोका उपनिर्देशक एसपी पशुपतिकुमार रायका अनुसार साइबर हमलामा संलग्न भएको अभियोगमा स्याङ्जाको वालिङ नगरपालिका–१० घर भई पोखरा महानगरपालिका–१६ बाटुलेचौर बस्ने २१ वर्षीय सागर ढकाललाई पक्राउ गरिएको छ ।

आफ्नो साइबर स्पेशमा हमला भएको भन्दै आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाली सेनाले ब्यूरोमा पत्र पठाएको थियो । साइबर हमलाको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा संलग्न व्यक्ति प्रहरीले पत्ता लगाएको हो । अहिले उनीमाथि थप अनुसन्धान भइरहेको ब्यूरोले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री