काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले हात्तीको सूँढ काट्ने अपराधीलाई छानविन गरी कारवाही गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा संसदको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
‘गत २१ गत मंगलबार मध्यराततिर चितवनको सौराहामा ४५ वर्षीय चञ्चलकली नाम गरेको हात्तीको सूँढ निर्मम तरिकाले धारिलो हतियार प्रयोग गरी दुई दुक्रा हुने गरी काटिएको छ,’ उनले भने, ‘हामी मूल्य सबै कुराको बुझ्छौँ, महत्व केही कुराको बुझ्दैनौँ । यो मानवताविरुद्धको अपराध हो । पर्यटनमन्त्री, गृहमन्त्री सबैसँग उक्त घटनाका दोषीलाई छानविन गरी कारवाही गर्न माग गर्दछु ।’
उनले अहिले विश्वमा क्रुरतारहित पर्यटन चलिरहेकोले पनि नेपालमा सूँढ काटिएको हात्ती हेर्न कोही नआउने पनि उनले बताए ।
तपाईंको प्रतिकृया




