काठमाडौँ । सरकारले कोशी नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको हो ।
प्रदेशको नामकरणविरुद्ध चैत ५ गते विराटनगरमा भएको विरोध कार्यक्रमका क्रममा घाइते भएको लिम्बूको उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो । प्रदेश सरकारले उनको परिवारलाई तीन लाख रुपैयाँ राहत दिएको थियो ।
तपाईंको प्रतिकृया




