काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले साधारण सेयर निष्कासन तथा बिक्री खुलाएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्कासन गरेको हो।
हाल कम्पनीको जारी पुँजी २८ करोड रहेको छ। कम्पनीले यसको १० प्रतिशतले हुन आउने २ करोड ८० लाख बराबरको २ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि जारी गरेको हो।
सो सेयरमा खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकामा रहेका सम्पूर्ण वडाका स्थानीय वासिन्दाले आवेदन दिन सक्नेछन्। यस्तै, वैदेशिक रोजगारीमा रहेकाले सीआस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। मेरो सेयरको अनलाइन प्लाटफर्मबाट पनि आवेदन सकिने छ ।
तपाईंको प्रतिकृया




