उपनिर्वाचन तालिका : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण

काठमाडौँ । वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिह्न वितरण गरिँदैछ ।

निर्वाचन आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ ।त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिह्न दिइने आयोगले जनाएको छ ।

आज उम्मेदवारले चुनाव चिह्न पाएपछि उपनिर्वाचनको प्रचारप्रसार औपचारिकरुपमा सुरु हुनेछ । र, २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन तालिका छ ।

तनहुँ-१, बारा-२ र चितवन-२ मा आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि गत सोमबार उम्मेदवारी दर्ता भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री