प्रतितोला १ हजार रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडाैँ । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ । हिजो तोलाको एक लाख ८ हजार रुपैयाँ रहेको सुनको भाउ आज लाख ९ हजार रुपैयाँमा पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय रुपेयाँमा पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री