काठमाडौं । तनहुँ-१ को उपनिर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । कांग्रेस नेता गोविन्द भट्टराईले मनोनयन दर्ता गरे । उनको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।
यसअघि सो क्षेत्रबाट एमालेका सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् । उनको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने र केन्द्रीय परिषद् सल्लाहकार सदस्य एकबहादुर राना समर्थक छन् ।
रास्वपाका तर्फबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरे । उनको प्रस्तावकमा विश्व बाँस्तोला र समर्थकमा डा रुपक घिमिरे छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि सांसद पद खाली भएको हो । सो क्षेत्रमा वैशाख १० गते निर्वाचन हुँदैछ ।
तपाईंको प्रतिकृया




