हिमालयन बैंकले १० लाख पुर्‍यायो २ बचत खाताको दुर्घटना मृत्यु बीमा रकम

काठमाडौं । हिमालयन बैंकले नारी बचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमाको सीमा रकम दोब्बर बनाएको छ । बैंकले दुवै खाताको मृत्यु बीमा रकम ५ लाख रुपैयाँबाट वृद्धि गरी १० लाख पुर्‍याएको हो ।

नारी बचत खाता नारीहरुको सम्मानस्वरुप विशेष गरी नारीहरुलाई लक्षित गरिएको योजना हो भने विशेष तलबी खाता कुनै पनि संघ संस्थामा आबद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाता हो ।

१० लाखसम्मको दुर्घटना मृत्यु बीमाबाहेक पनि नारी बचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बैंकिङ्ग सेवाहरुमा २५ प्रतिशतसम्म छुट छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सको पुनर्जागरण अभियान सुरु

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट …

प्रतिकृया दिनुहॊस