काठमाडौं । मिटर ब्याजीलाई यथाशीघ्र कानुनी कारवाहीको माग गर्दै पीडितको अर्को समूह पनि काठमाडौं आईपुगेको छ । काठमाडौंमा रहेका संघर्ष समितिसँग सरकारले सहमति गरे पनि विश्वस्त हुन नसकेको भन्दै उनीहरू प्रदर्शनका लागि काठमाडौं आएका हुन् ।
यो टोलीका मिटरब्याजपीडितहरुले आफूहरुविरुद्ध अदालतमा दायर गरेका मुद्दा खारेज गर्नुपर्नेलगायतका विभिन्न माग राखेका छन् । सहमतिका विषय कार्यान्वयन नभएसम्म विश्वस्त हुन नसकिने भन्दै रौतहट, सर्लाही, बारा, महोत्तरीलगायत जिल्लाबाट आएका पीडितहरू बल्खुको सडक छेउछाउका क्षेत्रमा बसेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नै पालामा मिटर व्याजको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । मिटर व्याजपीडितसँग ५ बुँदे सहमति हुनुअघि उनीहरुसँग भेट गर्दै प्रधानमन्त्री प्रचण्डले मिटर व्याज सामन्तवादको अवशेष भएको बताउँदै यो समस्या समाधान गरेर छाड्ने प्रतिवद्धता जनाएका छन् ।




