चलचित्र ‘बहाव’को टिकट किन्दा निःशुल्क थाइल्याण्डको प्याकेज

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’को प्रदर्शन मिती नजिकिदै गर्दा यस् फिल्मका निर्माण टोली प्रचार प्रसारका लागी दौडधुपमा छन ।

चलचित्र चलाऊन आज भोली बिभिन्न पुरस्कारहरु दिएर प्रचार गर्ने चलन बढ्दो छ । यस्तै चलचित्र बहावकाे निर्माण पक्षले पनि फिल्मको टिकटमा थाइल्यान्डको प्याकेज टुरको पुरस्कार राखेका छन । केही दिन अगाडी चलचित्र ‘बहाव’को एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक पनि गरिएको थियो ।

पुरस्कार जित्न योग्य हुनका निम्ति चलचित्र बहावको टिकट खल्ती एप मार्फत काट्नुपर्ने छ । खल्ती एप प्रयोगकर्ता को एकाउन्ट के वाइ सी प्रमाणित भएको हुनुपर्ने छ । खल्ती एपबाट सिनेमाको टिकट काटेर सिनेमा हेर्ने एक जना भाग्यशाली ब्यक्तीले एम डि होलिडेजको तर्फबाट एक जोडीले थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछन ।

सिनेमा प्रमोशनमा जोडिन पाएकोमा फिल्म बहावको टिमलाई धन्यवाद दिदै बिजेतालाई उत्कृस्ट सेवा प्रदान गर्न आफुहरु उत्सुक रहेको एम डि होलिडेजकि प्रमुख प्रतिनिधि बिनिता त्वयनाले बताउनु भयो । यस पुरस्कार सँग जोडीएको टिकेटिङ पार्ट्नर खल्ती पनि उत्तिकै उत्सुक भएको भन्दै, खल्तीले यस्ता कार्यक्रमहरुलाई बढावा दिने र खल्ती एप मार्फत् फिल्म हेर्ने प्रयोग कर्ताका लागि अहिलेसम्मकै ठुलो पुरस्कार राशी यो टुर प्याकेजमा रहेको कुरा खल्तिकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले जानकारी दिनुभयाे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after