चितवन-२ मा कांग्रेसले १ बजे मनोनयन दर्ता गर्ने, विश्वप्रकाश जाँदै

काठमाडाैँ । आउँदो वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज (सोमबार) मनोनयन दर्ता हुँदैछ । चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनका लागि आज राजनीतिक दलहरूले आ–आफ्नो उम्मेदवारको मनोनय दर्ता गर्न लागेका हुन् ।

नेपाली कांग्रेसले चितवन–२ मा जितनारायण श्रेष्ठको उम्मेदवारी दर्ता गराउँदैछ । उनको उम्मेदवारी दर्ता गराउनका लागि महामन्त्री विश्वप्रकाश शर्मा चितवन जाने कार्यक्रम छ । चितवन सभापति राजेश्वर खनालका अनुसार दिउँसो १ बजे मनोनयन दर्ताको कार्यक्रम राखिएको छ ।

श्रेष्ठको उम्मेदवारी दर्ताका लागि सहमहामन्त्री डिना उपाध्याय पनि चितवन जाँदैछिन् । मंसिर ४ मा सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ४९ हजार ३ सय मतका साथ विजयी हुँदा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ १४ हजार ९८८ मत ल्याउँदै विशाल अन्तरले दोस्रो भएका थिए । तर, लामिछानेले खारेज भएको नागरिकता प्रयोग गरेको प्रमाणित भएपछि सांसद पद गुमाएका कारण आगामी वैशाख १० मा चितवन–२ मा उपनिर्वाचन हुन लागेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मर्ने क्रममा २६ वर्षीय विकासको मृत्यु

काठमाडौं । लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु भएको छ । दोर्दी …

प्रतिकृया दिनुहॊस

This will auto close after