को-पालटलाई पखाला चलेपछि नेपाल एयरलाइन्सको दुबई उडान डिले

काठमाडौँ । को-पालट बिरामी भएपछि नेपाल एयरलाइन्सको काठमाडौँ-दुबई उडान डिले भएको छ । एयरलाइन्सको वाइडबडी विमान उड्नै लाग्दा को-पालटलाई पखाला चलेपछि काठमाडौँ-दुबई-काठमाडौँको उडान डिले भएको हो ।

शनिबार राति १२ बजेट उड्नु पर्ने ‘आर ए२२९’ उडान नम्बरको विमानको अहिले दुबई उड्ने क्रममा छ । निगम प्रवक्ता अर्चना खड्का को-पालटलाई बिरामी हुँदा विकल्पमा अर्को को-पालट उपलब्ध हुन नसकेपछि उडान ११ घण्टासम्म डिले हुन पुगेको हो ।

उडान डिले भएपछि बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रुलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलहरुमा राखिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री