नारा लगाउँदै बालुवाटार पुगे मिटरब्याज पीडित

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडितहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटका लागि बोलाएपछि उनीहरू बालुवाटार पुगेका हुन् ।

उनीहरू आफ्ना माग पूरा गर्न नारा लगाउँदै बालुवाटार प्रवेश गरेका थिए । मिटरब्याजीले उठिबास लगाएपछि न्याय माग्दै पीडितहरू महोत्तरीको बर्दिबासबाट १२ दिन हिँडेरै काठमाडौँ आएर आन्दोलन गरिरहेका छन् । सरकारले मिटरब्याजका नाममा तराई-मधेशका जिल्लामा व्यापक रूपमा भइरहेको ठगी नियन्त्रण गर्न मुलुकी अपराधसंहिता कानुन संशोधन गर्ने निर्णय गरिसकेको छ ।

पीडितलाई न्याय दिलाउन विद्यमान कानुन संशोधन गर्न, मिटरब्याज विरुद्धको कारबाही तथा गुनासो व्यवस्थापनका लागि हरेक जिल्लामा छुट्टै शक्तिशाली समिति बनाउन दुवै पक्ष सहमत भए पनि वार्ता टुंगिएको छैन । प्रधानमन्त्रीलाई भेटेपछि सहमति हुनेमा मिटरब्याज पीडितहरू आशावादी छन् ।

मिटरब्याज पीडितहरूले दोषीलाई कारबाहीसँगै तमसुक व्यवस्था खारेज हुनुपर्ने, साहुकारको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुने व्यवस्था गर्नुपर्ने, बैंकबाट सरल र सहज कर्जाको व्यवस्था गर्नुपर्ने लगायतका १० बुँदे माग गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वायु प्रदुषण : स्वच्छ सास लिनै मुस्किल !

काठमाडौं उपत्यकाको वायु स्वस्थ छैन । देशका थुप्रै स्थानमा डढेलो लागिरहेको छ । केही महिनादेखि …

प्रतिकृया दिनुहॊस