काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बनेकाहरुले राष्ट्रपति रामचन्द्र पाैडेलबाट शपथ ग्रहण गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरु नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीहरुमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री बनेकी छन् ।
जसपाबाट अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् । एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् ।
माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री बनेका छन् । यसअघि ११ पुसमा उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका थिए ।




