बुद्ध एयरले भन्यो- ‘फ्लाइट सेलिब्रेशन गिफ्ट’ अफवाह मात्रै, नझुक्किनू

काठमाडौँ । बुद्ध एयरले ‘फ्लाइट सेलिब्रेशन गिफ्ट’ अफर भन्ने भ्रामक प्रचारप्रसार भइरहेको बताएको छ । विगत केही दिनयता बुद्ध एयरको लोगो प्रयोग गरी सामाजिक सञ्जालमा भइरहेको भ्रामक प्रचारप्रसारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

यो ‘फेक न्युज’ अफरसँग बुद्ध एयरको कुनै पनि संलग्नता नरहेकोसमेत प्रष्ट पारेको छ । गलत सूचना प्रवाह गरेकोमा बुद्ध एयर कानुनी उपचारको लागि प्रक्रिया अपनाएको छ । बुद्ध एयरका नाममा गरिएको फेक पोस्ट हाल ह्वाट्सएप, भाइवर, म्यासेन्जर तथा फेसबुकमा शेयर भइरहेको छ ।

एयरलाइन्सले सामाजिक सञ्जालमा फैलिरहेको उक्त पोस्टको फोटो शेयर गर्दै कम्पनीको तर्फबाट यस्ता कुनै पनि अफर नरहेको सर्वसाधारणलाई अनुरोध गरेको छ । पछिल्लो समय आफ्नो सामाजिक सञ्जालमा फ्लोअर र लाइक बढाउने उद्देश्यले नाम चलेका वा धेरै सर्च हुन सक्ने कम्पनीहरूको आधिकारिक लोगो तथा नामको गलत प्रयोग अत्यधिक हुने गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री