काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति आजलाई सरेको हो ।
प्रधानमन्त्रीलाई आज दलहरूले आ-आफ्नो दलको तर्फबाट सरकारमा क-कसलाई पठाउने सूची बुझाउने छन् । बिहान ११ बजेसम्म दलहरूले प्रचण्डलाई नाम बुझाउने र दिउँसो १ बजेपछि शपथ गराउने तयारी गरिएको छ ।
कांग्रेस ८, एस र जसपा २-२, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आजपा १-१ मन्त्रालय लिएर सरकारमा जाने भएका छन् । यसअघि नै सरकारमा रहेका माओवादीले ५ र जनमतले १ मन्त्रालय पाएका छन् ।
तपाईंको प्रतिकृया



