कांग्रेसले चितवन-२ मा श्रेष्ठलाई उठाउने, गठबन्धनको पनि साथ

काठमाडौँ । नेपाली कांग्रेसले वैशाख १० मा हुने उपनिर्वाचनका लागि चितवन-२ को उम्मेदवार टुङ्गो लगाएको छ । सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन-२ मा हुने उपनिर्वाचनका लागि निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याएको हो ।

जसअनुसार पूर्व जिल्ला सभापति जीत नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चितवनमा जिल्ला सभापति राजेश्वर खनाल पनि आकांक्षी थिए । उनीसँग बैठक चलिरहँदा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा तथा प्रवक्ता डा प्रकाश शरण महतले छलफल गरेका थिए ।

छलफलमा खनालले नै श्रेष्ठलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका हुन् । सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै श्रेष्ठले सत्ता गठबन्धनको तर्फबाट आफू साझा उम्मेदवार हुने दाबी गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस