काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँ बढेको हो ।
छापावाल सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईंको प्रतिकृया




