काठमाडौं । ललितपुरको महांकालमा भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ ।
महांकाल गाउँपालिका-१ बुखेल रातोपहिरोमा मंगलबार बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षीय विष्णुप्रसाद फुयाँल र उनकी ३४ वर्षीया श्रीमती सृजना फुयाँलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटना मृतकका ५ वर्षीया छोरी सृजला फुयाँल गम्भीर घाइते भएकी छन् । सृजनाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरू सवार उक्त मोटरसाइकलमा अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।
तपाईंको प्रतिकृया




