काठमाडौँ । मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले वार्ता समिति गठन गरेको छ । सरकारले ४ सदस्यीय समिति बनाएको हो ।
वार्ता समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उपसचिव दिलकुमार तामाङ र प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उपसचिव जंगा बहादुर दंगाल रहेका छन् ।
यस्तै, मिटर ब्याज पीडितसँग भेट्ने प्रधानमन्त्रीको तयारी छ । चार सदस्यीय टोलीले भेटेपछि पीडितसँग प्रधानमन्त्रीले भेट्ने समय तय गरिने बताइएको छ ।
आजै मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट मिटर ब्याज पीडितको माग सम्बोधन गर्ने गरी तयार भएको विधेयकलाई संसदमा दर्ता गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
तपाईंको प्रतिकृया




