काठमाडाैं । अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गर्ने ‘प्रेमलिला’को फस्ट लुक सार्वजनिक भएको छ । अनामनगरमा एक कार्यक्रमको आयोजना गरी सिनेमाको पहिलो झलक सार्वजनिक गरिएको हो ।
फस्टलुकमा दीपशिखाको कपाल खौरिएको फोटो मात्र सार्वजनिक गरिएको छ । सिनेमाको पोष्टर संगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ । कार्यक्रममा निर्माण पक्षले माघ २५ मा देशभर रिलिज हुने जानकारी दिए । फिल्ममा दीपशिखा खड्का, अलि खान र मौसम खड्काको अभिनय रहेको छ ।
खान र खड्काले यसैफिल्मबाट डेब्यु गरेका हुन् । दीपशिखाले यसअघि केही सिनेमामा अभिनय गरे पनि ‘प्रेमलिला’ नै आफ्नो डेब्यु सिनेमा रहेको जिकिर गरिन । उनले सिनेमाको गेटअपमा रहि रहन सुटिङदेखि अहिलेसम्म ५ चोटि कपाल काटेको बताइन् । दुबईमा मोडलिङ गर्दै आएका अलि खानले फिल्ममा भारतबाट नेपाल घुम्न आउने पर्यटकको भूमिका निर्वाह गरेका छन् ।
उनले दीपशिखासँग दुबईमा भेट भएको र उनले फिल्म खेल्न एप्रोच गरेका कारण फिल्म खेलेको बताए । दीपशिखा खड्काकै कथा तथा लेखन रहेको सिनेमालाई जनक पाण्डेले निर्देशन गरेका छन् । नानीमैया कार्की र फैजिल फिल्मस्को लगानी रहेको सिनेमालाई फिल्मलाई पवन गौतमले खिचेका हुन् ।




