मिटरब्याज पीडितलाई खुलामञ्च छिर्न दिएन महानगरले, गेटमा तनाव

काठमाडौँ । महोत्तरीको बर्दिबासबाट पैदल हिँडेर १२ औँ दिनमा खुलामञ्च गेटमा आइपुगेका मिटर ब्याज पीडित र काठमाडौँ महानगरको नगर प्रहरीबीच तनाव भएको छ । विरोध प्रदर्शनको थलो खुलामञ्च बनाउन आँटेका मिटर ब्याज पीडितलाई नगरपालिकाले नगर प्रहरी तैनाथ गरेर खुलामञ्च छिर्न नदिएपछि तनाव भएको हो ।

अहिले मिटर ब्याज पीडित खुलामञ्च अगाडि नै धर्नामा बसको छन् । उनीहरूले खुलामञ्चको ताला खालिदिन र भित्र पस्न दिन नगरपालिकासँग माग गरिरहेका छन् । पीडितहरूलाई विभिन्न राजनीतिक दल र दलका संगठनले पनि साथ दिइरहेका छन् । केही दिन पीडित खुलामञ्चमा बस्ने र सरकारसँग निर्णायक वार्ता गरेर फर्किने बताइरहेका छन् ।

उनीहरूले काठमाडौँका मेयर बालेन्द्र साह मधेस मूलकै व्यक्ति भएर पनि मधेसीको भावना बुझ्न नसकेको भन्दै मेयर बालेन्द्र साहविरुद्ध नाराबाजी गरिरहेका छन् । उनीहरूले मिटर ब्याज लगाउने साहु महाजनलाई गिरफ्तार गर्नुपर्ने, बालेन्द्र साहले राजीनामा दिनुपर्ने, न्याय दिनुपर्ने माग गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस