प्रचण्डका घरबेटीले पाएको भक्तपुर-नगरकोट सडकको ठेक्का तोडिने

काठमाडौं । भक्तपुर-नगरकोट-सिपाघाट सडक विस्तार आयोजनाले कमलविनायक-नगरकोट सडकको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ । आठ पटक म्याद थप गर्दा पनि काममा प्रगति नभएपछि आयोजनाले १४ दिने सूचना निकाल्दै अब पनि प्रगति नभए ठेक्का तोडिने बताएको हो ।

कमलविनायक-नगरकोट सडकको ठेक्का प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटीका रूपमा परिचित शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले भारतीय कम्पनी आरामाली इन्फ्रा पावरसँग संयुक्तरूपमा लिएको हो । २०७१ साल जेठ २२ मा पहिलो सम्झौता भएको सडकको निर्माण कार्य २०७३ असार ३ गते सक्नुपर्ने थियो ।

तर आठ पटक म्याद थप्दा पनि काम सकिएको छैन । १५ किलोमिटर छ सय ६० मिटर लामो सडक खण्डमध्ये झन्डै एक किलोमिटर कालोपत्र गर्न बाँकी छ । ठेकेदारले सडक अलपत्र पारेपछि भक्तपुर-नगरकोटका सर्वसाधारण, पालिकाका जनप्रतिनिधिलगायतले पटक-पटक पहल गरे पनि काम पूरा भएको छैन । प्रधानमन्त्री प्रचण्डको घरबेटी भएकै कारण शारदाप्रसाद अधिकारीले थुप्रै ठेक्कामा उन्मुक्ति पाएको भन्दै आलोचना हुँदै आएको छ ।suchana 1वर्षौ बित्दा पनि सडकको काम नभएपछि यहाँका स्थानीयबासी ठेकेदार अधिकारी र सरकारसँग आक्रोशित छन् । गत फागुन १८ गते उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र भारतीय राजदूत नविन श्रीवास्तवले स्थलगत अनुगमन गरेका थिए । सो क्रममा उनीहरुलाई स्थानीयबासीले घेरेका थिए ।

स्थानीयबासीले प्रचण्डको घरभेटी भएकै कारण काम नगरे पनि म्याद थप्ने गरेको भन्दै आक्रोश व्यक्त गडरेका थिए । मन्त्री श्रेष्ठले १ महिनाको समय माग गर्दै काम सम्पन्न नभए आवश्यक कदम चाल्ने आश्वासन दिएका थिए ।

सोहीअनुसार १४ दिने स्पष्टीकरण माग गरिएको हो । सडकको काम गर्ने भनेकै ९ वर्ष बित्दा ४-५ वर्षअघि गरेको कालोपत्रे समेत भत्किएको छ । ठेकेदारले कालोपत्रे भनेको बाटो अहिले धूलाम्य छ । बीच-बीचमा खाल्टाखुल्टी छन् । यो सडकको ठेक्का सन् २०१४ मै लागेको हाे । त्यसयता भारतीय एक्जिम बैंकसँग सफ्ट लोनको सम्झौता भई निर्माण भइरहेको छ । २७ करोडमा ठेक्का सम्झौता भए पनि भेरिएयसन गरेर ३१ करोड पुर्‍याइएको छ । सडकको डिजाइन परिवर्तन भई अन्तिम भेरिएसन गर्दा २८ करोडमा झरेको कन्स्ट्रक्सनले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस