काठमाडौं । ‘मिस लिम्बू’को उपाधि भिनुमा पाहिम लिम्बूले चुम्नुभएको छ । आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल हुनुभएको हो ।
याक्थुङ युथ एसोसिएसन (वाईवाईए)द्वारा आयोजित ‘मिस लिम्बू-२०७९’का पाँचथरकी काजल सेलिङ लिम्बू र फष्ट रनरअप र धनकुटाकी मुना चेम्जोङ लिम्बू सेकेण्ड रनरअफ हुनुभएको छ । विजेता तीनैजनालाई ताज र नगद पुस्कार प्रदान गरिएको थियो ।
शीर्ष विजेता भिनुमाले नगद एक लाख रुपैयाँसहित स्कुटरसमेत प्राप्त गर्नुभएको छ भने फष्ट रनरअफ काजलले नगद एक लाखसहित र विभिन्न गिफ्ट हृयाम्पर तथा सेकेण्ड रनरअफ मना चेम्जोङले नगद ५० हजारसहित विभिन्न गिफ्ट हृयाम्पर प्राप्त गर्नुभएको छ ।
कार्यक्रममा पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा, इभाना मानन्धर, वरिष्ठ कलाकार सुनिल थापा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, नेत्र चिकित्सक डा.बेन सुब्बा, पूर्वमिस लिम्बू मेरिना पोमु लिम्बूलगायत निर्णायक रहनुभएको थियो । प्रतियोगितामा विभिन्न १६ वटा सबटाइटल अवार्डसमेत प्रदान गरिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रथम नेपाली तारादीपक लिम्बू, गायक कञ्चन थलङलगायतले गीतसंगीत प्रस्तुत गर्नुभएको थियो ।
प्रतिकृया दिनुहॊस