सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्तिनाथ विकास बैंकले गर्‍यो यी कार्यक्रम

काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व कार्यलाई निरन्तरता दिँदै २०७९ साल चैत्र महिनामा विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको छ ।

बैंकले पोखरा महानगरपालिका-२६, ढलेपिपल स्थित भूतपूर्व सैनिक कृषि समूहलाई फोहोरमैला को अल्पकालीन व्यवस्थापनका लागि  आवश्यक पर्ने डस्टविन एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको छ । बैंकले ट्राफिक कार्यालय कास्कीलाई विभिन्न ट्राफिक नियम पालना गर्नुपर्ने सम्बन्धी जनचेतनामूलक सन्देशमूलक वोर्डहरु हस्तान्तरण गरेको छ ।

साथै बैंकले घोराही उप महानगरपालिका–१६, तेरोटे, दाङ स्थित जेष्ठ नागरिक सरोकार केन्द्रलाई सिसिटिभी क्यामेरा जडानको लागि सहयोग गरेको छ भने विदुर नगरपालिका वडा नं .०९ पिपलटारमा रहेको खानेपानीको समस्या समाधान गर्न बैंकले श्री पिपलटार खानेपानी आयोजना उपभोक्ता समितिलाई आर्थिक सहयोग समेत गरेको छ ।

यस सहयोगहरूबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरूको हितमा काम हुने विश्वास लिएको छ ।

साथै, बैंकले “मुक्तिनाथ विशिष्ट सहज कर्जा” योजना अन्तर्गत रु २ करोड सम्मको कृषि कर्जा, साना तथा मझौला व्यवसाय कर्जा, घर निर्माण-खरिद कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शेयर कर्जा, शैक्षिक कर्जा, जग्गा खरिद तथा अन्य व्यक्तिगत कर्जाहरू सम्पूर्ण आवश्यक कागजातहरू पुरा गरेको ३ कार्य दिनभित्र सर्वशुलब ब्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने सुविधा ल्याएका छ र इच्छुक ग्राहकहरूले मोबाइल नम्बर ९८०१११००२३ मा मिस्ड कल गर्न वा बैंकको वेबसाइटमा गई अनलाइन मार्फत कर्जा आवेदन दिन सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री