नदी किनारमा बनेका अनधिकृत संरचना ७ दिनभित्र हटाउन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन सात दिने सूचना जारी गरेको छ ।

महानगरले सूचना जारी गर्दै नदी किनार, नदी उकास तथा नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न सूचित गरेको छ ।

अनधिकृत संरचना एक साताभित्र नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सो को खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने सूचनामा उल्लेख छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री