प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जनालाई प्रहरीले चलायाे मुद्दा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्ने ३ युवामाथि प्रहरीले मुद्दा चलाएको छ । मंगलबार ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा आयोजना गरिएको समारोहमा जाँदै गर्दा नाराबाजी गरेको युवाविरुद्ध मुद्दा चलाइएको हो ।

प्रहरीले पक्राउ परेका सोम शर्मा, उद्धव बस्नेत र विप्लव खड्काविरुद्ध आज काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप्दै अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाएको छ । प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरिरहेका उनीहरूलाई प्रहरीले मुख बन्द गर्दै लछारपछार पारेर प्रहरी भ्यानमा हालेको थियो ।

उनीहरूले ‘आतङ्ककारी प्रचण्ड मुर्दावाद’ जस्ता नारा लगाएका थिए । हाल उनीहरू प्रहरी वृत्त बानेश्वरको हिरासतमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जनताले लामो समयसम्म भोगेको निरंकुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं लामो संघर्ष र सयौंको बलिदानले स्थापित गरेको संविधानले …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds