काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय कुनै दल विशेषको सरोकारको विषय मात्र नभएको बताएका छन् ।
उनले यो देशले समाधान गर्नुपर्ने राष्ट्रिय मुद्दा भएको पनि बताएका छन् । आज प्रतिनिधिसभामा विश्वासको मत माग्ने क्रममा उनले अन्तर्राष्ट्रिय मानवीय कानुन, पीडित तथा सरोकारवालाबाट प्राप्त सुझाव र सर्वोच्च अदालतको आदेशको आधारमा संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयक पेश गरेको पनि बताए ।
‘यो कुनै दल विशेषको मुद्दा सरोकारको मुद्दा होइन । देशले समाधान गर्ने राष्ट्रिय मुद्दा हो । यसललाई सरकारले उच्च प्राथमिकतामा राखेको छ’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रतिकृया दिनुहॊस