मुक्तिनाथ विकासका ग्राहकलाई ‘ह्वाइट अर्किड रिसोर्ट’ र ‘सूर्यविनायक मेडिकल स्टोर’ मा विशेष छुट

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले सूर्यविनायकको ‘ह्वाइट अर्किड रिसोर्ट’ र ‘सूर्यविनायक मेडिकल स्टोर’ सँग विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ। आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन उक्त सम्झौता गरेको हो।

उक्त सम्झौतापछि मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले सूर्यविनायकको वाइट अर्किड रिसोर्टमा फुड, बेभरेज एण्ड एकोभमामा विशेष १० प्रतिशत छुट पाउनेछन्।

यस्तै, सूर्यविनायक मेडिकल स्टोरका विभिन्न सेवाहरूमा पनि १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले बताएको छ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको बैंकको भनाइ छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस