काठमाडौँ । ‘रक्तदान जीवनदान ! रक्तदान महादान !!’ भन्ने मूल नाराका साथ लायन्स क्लब अफ बुटवल पिस र लुम्बिनी शिक्षालयको संयुक्त आयोजना रक्तदान कार्यक्रम गरिएको छ । गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लि. र एप्पल इन्टरनेशलन एजुकेशनको सहयोगमा गरिएको रक्तदानमा ६० जनाले रगतदान गरेका छन् ।
शनिबार नेपाल रेडक्रस सोसाइटी, रुपन्देही तथा रक्तसञ्चार सेवा केन्द्र, बुटवलसँगको सहकार्यमा गरिएको रक्तदान कार्यक्रममा लायन्स क्लब अफ बुटवल पिसका अध्यक्ष लायन वरुण पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ पि का प्रथम भाइस डिष्ट्रिक्ट गर्भनर PMJF लायन अर्जुन मान सैंजु, विशिष्ट अतिथि एरिया ०३ का एरिया चिफ MJF लायन मोहनीलाल पाण्डे तथा शिक्षालयका प्राचार्य लायन पुष्कर थापाको गरिमामय उपस्थिति रहेको थियो ।
आयोजक क्लब र शिक्षालयका अध्यक्षलगायत अन्य पदाधिकारीको पनि उपस्थिति रहेको उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथि सैंजुले आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै भएको विचार व्यक्त गरे । क्लब तथा शिक्षालयले संयुक्त रूपमा सामाजिक सेवा अन्तर्गत विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।
यसअघि पनि ज्योतीनगर पहिरो प्रभावित क्षेत्रमा वृक्षारोपण, आखा शिविर तथा अन्य कार्यक्रमहरू पनि गरिरहेको तथा खेर जाने रगत दान गरेर कसैको ज्यान बचाउन सकिने हुँदा, किन नगर्ने भन्दै यस्ता मानवीय सेवालाई निरन्तरता दिइरहने जानकारी क्लबका अध्यक्ष तथा सहयोगी संस्था गुहेश्वरी फाइनान्सका क्षेत्रीय प्रबन्धक वरुण पौडेलले बताए । विद्यालयका प्रधानाध्यापक थापाले मन्दिरमा गएर धूप बत्ती बाली लाखौँको दान गर्नुभन्दा जीवन बचाउने रक्तदान नै सबैभन्दा ठुलो धर्म हो भन्ने विचार व्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहॊस