सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख १० हजार नाघ्यो

काठमाडौँ । आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३३ रुपैयाँमा पुगेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामै २ हजार ९ सय ३३ रुपैयाँले सुनको भाउ बढेको छ । यसअघि शुक्रबार तोलाको १ लाख ७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि १९ माघमा पुगेको १ लाख ७ हजार ५ सय रुपैयाँको रेकर्डलाई आइतबारको मूल्यको नयाँ रेकर्डले तोडेको हो । यस दिन तोजाबी सुन १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस