उपराष्ट्रपति निर्वाचन : प्रदेश राज्यमन्त्रीलाई एम्बुलेन्समा हालेर पुर्‍याइयो संसद भवन

काठमाडौं । खुट्टाको शल्यक्रिया (अप्रेसन) गरेर ट्रमा सेन्टरमा उपचाररत जसपा सांसद मोहमद अबदुल कलाम आजादले उपराष्ट्रपति निर्वाचनमा मतदान गरेका छन् ।

मधेस प्रदेशका राज्यमन्त्री समेत रहेका उनको हिजो ट्रमामा खुट्टाको शल्यक्रिया भएको थियो । बाथरुममा चिप्लिएर लडेका उनलाई एम्बुलेन्सको सहयोगमा मतदान केन्द्र बानेश्वरमा ल्याएर मतदान गराइएको हो ।

अपरेशन गरेपछि हिँड्न नसक्ने उनलाई ट्रमा सेन्टरबाट भोट हाल्न एम्बुलेन्समा ल्याइएको हो। एम्बुलेन्सबाट झारेर उनलाई स्ट्रेक्चरमा मतदानस्थलसम्म पुर्‍याइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रि-मनसुन सक्रिय, कता-कता छ वर्षाको सम्भावना ?

काठमाडौं । प्रि-मनसुन गतिविधि केही सक्रिय हुँदा आजबाट वर्षाको सम्भावना केही बढेको छ । पश्चिमी …

प्रतिकृया दिनुहॊस