काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) उपराष्ट्रपतिको निर्वाचनमा तटस्थ बस्ने भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्वाचनमा पार्टी तटस्थ बस्ने निर्णय गरेको हो ।
३ चैत अर्थात शुक्रबार उपराष्ट्रपतिको निर्वाचन हुँदैछ ।
यसअघि २५ फागनुमा भएको राष्ट्रपतिको निर्वाचनमा पनि राप्रपा तटस्थ बसेको थियो ।
राजतन्त्रको स्थापना, संघीयताको खारेजी र हिन्दुधर्मको माग राख्दै आएको राप्रपाले राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचनमा तटस्थता देखाउँदै आएको छ ।
प्रतिकृया दिनुहॊस