काठमाडाैं । नागरिक उड्डयन प्राधिकरणले पोखरा-जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई कारबाही गरेको छ । प्राधिकरणले भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै समिट एयरका पाइलट र को-पाइलटलाई निलम्बन गरेको हो ।
प्राधिकरण स्रोतकाअनुसार अर्को आदेश नभएसम्म ती पाइलटहरूलाई उडानमा प्रतिबन्ध गर्दै थप छानबिन अघि बढाइएको छ । भिएफआर (ककपिटबाट पाइलटले अगाडि हेरेर गर्ने उडान) मा बादलभित्र पस्दा भिजिविलिटी कम हुन्छ । अगाडिको दृश्य देखिँदैन। त्यसले गर्दा जहाज दुर्घटना हुने जोखिम बढी हुने गर्छ ।
गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको जहाज दुर्घटना भएको समयभन्दा केही सेकेन्ड अगाडि यही रुटमा उडान गरेको समिट एयरका पाइलट र को-पाइलट कारबाहीमा परेको प्राधिकरणले जनाएको छ । पोखरा-जोमसोम रुटमा तारा र समिट एयरले उडान गर्दै आइरहेका छन् ।
प्रतिकृया दिनुहॊस