झारफुकको वहानामा किशोरीको हत्या प्रकरण : मातासहित १७ जना पक्राउ

काठमाडाैँ । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा एक किशोरीको मृत्यु प्रकरणमा प्रहरीले अहिलेसम्म १७ जनालाई पक्राउ गरेको छ । स्थानीय १४ वर्षीया सीता ज्ञवालीलाई झारफुक गर्ने सैनामैना–१० बस्ने २२ वर्षीया माता सोनिया रेश्मीलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।

प्रहरीले मृतक सीताका बुवासहित १७ जनालाई पक्राउ गरेको जनाएको छ । को–को पक्राउ परेका हुन् भन्नेबारे भने प्रहरीले खुलाएको छैन । आफूलाई माता बताउने सोनियाले किशोरीलाई भुइँमा लडाउने, शरीरमाथि चढेर कुट्ने, गालामा थप्पड हान्ने, घाँटीमा लात्ताले हान्ने, टाउको बटारिदिने गर्दा किशोरीको ज्यान गएको बताइएको छ ।

सामाजिक सञ्जालमा आएको भिडियामा कथित माताले किशोरीको अनुहारमा थुक्ने, खरानी ख्वाईदिने र लछारपछार गर्ने गरेको देखिएको प्रहरीले जनाएको छ । ज्ञवालीको फागुन २० गते राति मृत्यु भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी

काठमडौं । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा रास्वपाका सभापति रवि …

प्रतिकृया दिनुहॊस