मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु, पैदल यात्रु घाइते

काठमाडौं । घण्टाघरमा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। एक पैदल यात्रु घाइते भएका छन्।

मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई काठमाडौं बस्ने अन्दाजी २३ वर्षीय सुजल छावुहाङ राईको उपचारको क्रममा बिहान सवा ७ बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो।

घाइते काठमाडौंको नैकाप बस्ने ५८ वर्षीय अशोककुमार महर्जनको उपचार भइरहेको छ । शुक्रबार बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएर पल्टिएको थियो।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री