काठमाडौं । श्री एयरलाइन्सले जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान गर्न नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले श्री एयरलाइन्सलाई जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्म उडान प्रतिबन्ध गरेको हो ।
आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्ने छैनन् । जहाजको इन्जिन सुरक्षा जाँचमा उडान भर्न योग्य भए-नभएको परीक्षण गरिने छ । परीक्षणमा योग्य प्रमाणित भए क्यानले उडान अनुमति दिनेछ ।
बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको इन्जिनमा आगो लागेको संकेत आएपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्काएर आकस्मिक अवतरण गराइएको थियो । श्री एयरलाइन्ससँग आठ जहाज छन् ।
तपाईंको प्रतिकृया




